Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

विद्युतीय राहदानी (e-Passport) को विषयमा निरन्तर सोधिने प्रश्नहरू ।

2078-09-21

2078-09-21


विद्युतीय राहदानी (e-Passport) को विषयमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा निरन्तर सोधिने प्रश्नहरू र सो को उत्तरहरू:-

१. जिल्ला प्रशसान कार्यालय, मकवानपुरबाट विद्युतीय राहदानीको लागि Live Enrollment गर्ने कार्य प्रारम्भ भएको छ कि छैन्?
-> प्रारम्भ भइसकेको छ । यही मिति २०७८ साल पौष ४ गतेबाट विद्युतीय राहदानीको लागि निवेदन लिन अर्थात Live Enrollment लिन शुरू गरिसकिएको छ ।

२. विद्युतीय राहदानी (e-Passport) को लागि कसरी आवेदन दिने ?
-> विद्युतीय राहदानीको लागि Online मार्फत आवेदन गर्न सकिने व्यवस्था छ । सो को लागि https://emrtds.nepalpassport.gov.np/ लिंकमा गई आवेदन दिन सकिने ।

३. Online आवेदन फाराम अरूमार्फत भराउने कि नभराउने?
-> आवेदन फाराममा आफ्नो व्यक्तिगत सूचनाहरू भर्नुपर्ने भएको हुँदा सकभर आफैले वा आफ्नो निकटतम व्यक्तिको सहयोगमा फाराम भर्न हुन अनुरोध ।

४. जिल्ला वा राहदानी विभाग (द्रुत सेवा) बाट राहदानी बनाउन ठाउँ कसरी छनौट गर्ने?
-> Online मार्फत विवरण भर्दा Book Your Appointment अन्तर्गत ठाउँ छनौट गर्ने स्थानमा जिल्लाबाट बनाउनेको हकमा सम्बन्धित जिल्ला छान्नुपर्ने र द्रुत सेवाको लागि राहदानी विभाग छान्नुपर्ने ।

५. विद्युतीय राहदानीको लागि आवेदन दिन राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य हो ? कहाँबाट लिन सकिन्छ ?
-> १६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा अनिवार्य हो । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरूको हकमा अनिवार्य छैन । जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको लागि निवेदन दिन सकिने व्यवस्था छ । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ ।

६. राष्ट्रिय परिचयपत्रका निम्ति विवरण दर्ता गराइसकेको तर नम्बर प्राप्त नभएको खण्डमा के गर्ने?
-> आफ्नो मोबाइलको Message Box मा गई N<space>16 अंकको आवेदन नम्बर टाइप गरी 30001 मा Message पठाउनु पर्ने हुन्छ ।

७. विद्युतीय राहदानीको लागि Online मार्फत आवेदन गरेपश्चात् विवरण भरिएको Form प्रिन्ट गरेर कार्यालयमा बुझाउनुपर्छ कि पर्दैन?
-> हो, बुझाउनुपर्छ । विवरण भरिएको Form प्रिन्ट गरेर जिल्लाबाट बनाउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा र द्रुत सेवा मार्फत बनाउनेको हकमा राहदानी विभागमा बुझाउनुपर्छ ।

८. Online मार्फत आवेदन गरिसकेपछि के निवेदक स्वयं कार्यालयमा उपस्थित हुनुनपर्छ?
-> हो, उपस्थित हुनुपर्छ । Live Enrollment को लागि बुक गरिएको मिति र समयमा निवेदक स्वयं उपस्थित हुनुपर्छ ।

९. राहदानी विभागबाट द्रुत सेवाको लागि जिल्लाबाट केही सिफारिस वा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
-> हो, आवश्यक पर्छ । द्रुत सेवामा राहदानी विभागमा आवेदन गर्ने सबै वालिग तथा नावालिक आवेदकहरूलाई सम्बन्धित आवेदकको तस्विर सहित, नाम, थर, जन्म मिति, ठेगाना, बाबुको नाम, नागरिकता नं., जारी मिति आदि समावेश भएको जिल्ला प्रमाणीकरण (District Verification) जिल्ला प्रशासन कार्यालयबाट लिएर विभागमा जानुपर्ने हुन्छ ।

१०. जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा Live Enrollment गरी सकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
-> करिब १५ दिन भित्र राहदानी उपलब्ध हुने ।

११. राहदानी तयार भई आएको जानकारी कसरी प्राप्त हुन्छ?
-> जिल्ला प्रशासन कार्यालयमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि सम्बन्धित व्यक्तिको मोबाइलमा एस.एम.एस. आउने छ ।

१२. एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानी (MRP)को म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुन्छ कि हुँदैन?
-> जारी हुँदैन । म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।

१३. म्याद सकिएका मेशिन रिडेबल राहदानी (MRP) नवीकरण गर्नु पर्छ कि पर्दैन ?
-> राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पर्यो त्यही बेला बनाउन सकिन्छ । यो चालक अनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी (MRP) चल्दैन भनेर हालसम्म भनेको छैन ।

१४. रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
-> रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः Live Enrollment गर्नु पर्ने हुन्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको Form पुनः संशोधन हुन नसक्ने भएकोले फर्म भरेर पुनः Live Enrollment गर्नु पर्छ । अतः Online आवेदन दिंदा विवरण होशियारीसाथ भर्नुपर्ने हुन्छ ।

१५. विद्युतीय राहदानीको दस्तुर के कति छ ?
-> जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । द्रुत सेवाको लागि राहदानी विभागमा आवेदन दिँदा ३४ पृष्ठको लागि बाह्र हजार र ६६ पृष्ठको लागि बीस हजार राजस्व लाग्छ ।  हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .