Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

बिहीबार, श्रावण ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कोठा नं. सहितको नागरिक बडापत्र

सि.नं. सेवा सुविधाको
विवरण
आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवार कर्मचारी,
शाखा/इकाई
गुनासो सुन्ने
अधिकारी
कोठा नं.
समय शुल्क
नागरिकता  
१.१ बंशजको नाताले
नेपाली नागरिकताको
प्रमाण-पत्र
• अनुसूची १ फारममा स्थानीय तहको सिफारिश,
• बाबुको ना.प्र.प., सो नभए आमा, दाजु वा बंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. फोटोकपी । सो पनि नभए बंशज खुल्ने अन्य प्रमाण र सनाखत,
• विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत,
• जन्म मिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र,
• बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र,
• फोटो २ प्रति (प्रष्ट दुबै कान देखिएको निधार नढाकेको) हालसालै खिचेको ।
प्रमाण पुगेको
खण्डमा सोही
दिन
रु. १०।- को
टीकट
सम्बन्धित फाँटको
फाँट प्रमुख
प्र.जि.अ./
स.प्र.जि.अ.
१.२ बैबाहिक अंगिकृत
नागरिकता
• अनुसूची ७ फारममा स्थानीय तहको सिफारिश,
• पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाण पत्र,
• विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण,
• पतिको सनाखत, पति नभए नजिकका नातेदारसँग नाता प्रमाणित र सनाखत,
• फोटो ३ प्रति ।
निवेदन दर्ता
गरेको भोलिपल्ट
" " " " " "
१.३ कर्मचारी परिवारको
नाताले ना.प्र.प. लिँदा (सरकारी, संस्थान, र सामुदायिक विद्यालय)
• कर्मचारी भएको प्रमाण,
• स्थानीय तहको सिफारिश सहितको अनुसूची फारम,
• सम्बन्धित कार्यालयको सिफारिश पत्र,
• फोटो २ प्रति,
• पिता वा पतिको ना.प्र.प. सहित सनाखत ।
सोही दिन " " " " " "
१.४ नेपाली नागरिकताको
प्रतिलिपि
• तोकिएको ढाँचामा स्थानीय तहको सिफारिश,
• ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण,
• बसाई सरी आएको भए सोको प्रमाण,
• अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा सोको अभिलेख ।
" " रु. १३।- को
टीकट
" " " "
राहदानी  
२.१ कार्यालयबाट लिनेको
हकमा
• अनलाइन विवरण भरेको फारामको प्रिन्ट कपी,
• सक्कल नागरिकता लगायतका कागजात,
• नावालकको हकमा नावालक परिचय पत्र सक्कल,
• राहदानी च्यातिएको, केरमेट भएको वा भिजेकाको हकमा सक्कलै राहदानी  ।
कार्यालयमा Biometric गरेको 
१५ दिन भित्र
(राहदानी प्राप्त
भएपछि मात्र)
३४ पृष्ठको राहदानीको लागि रु.५,०००/- र ६६ पृष्ठको लागि रु.१०,०००/- राजस्व । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ । " " " " ११
२.२ राहदानी विभागबाट
द्रुत सेवा लिनेको हकमा

अनलाइन विवरण भरेको फारामको प्रिन्ट कपी,
सक्कल नागरिकता लगायतका कागजात,
(द्रुत सेवाको लागि केन्द्रीय राहदानी विभागमा निवेदक स्वयं जानु पर्ने छ ।)

नोट:- नाबालकको हकमा जिल्ला प्रशासन कार्यालयबाट नाबालक परिचयपत्रको Verification पत्र,

Biometric गरेको मितिले दुई कार्य दिन

 ३४ पृष्ठको राहदानीको लागि रु.१२,०००/- र ६६ पृष्ठको लागि रु.२०,०००/- बीस हजार राजस्व ।हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ ।

    ११
राष्ट्रिय परिचयपत्र नयाँ बनाउनेको हकमा
• अनलाइन फाराम,
• नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
• विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र,
• बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाणपत्र,
• श्रीमान्/श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र ।

तयार भएको कार्ड लिनेको हकमा
• नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
• विवरण दर्ता गर्दाको आवेदन रुजु फाराम वा राष्ट्रिय परिचयपत्र नम्बर वा राष्ट्रिय परिचयपत्र सम्बन्धी सिष्टमबाट प्राप्त म्यासेज,
व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।

 
प्रमाण पुगेको
खण्डमा सोही
दिन
- सम्बन्धित फाँटको
फाँट प्रमुख
" " ७ र १६
नावालक परिचय पत्र • निवेदन,
• स्थानीय तहको फोटो प्रमाणित सहित सिफारिश,
• पिता/आमाको ना.प्र.प.,
• जन्मदर्ता प्रमाण पत्र (विदेशमा जन्म भएको भए सोको सक्कलै प्रमाण),

• नाता प्रमाणित,
• आमा वा बाबुको सनाखत,

• एस्.ई.ई. वा कक्षा १० उत्तिर्ण भएकोमा शैक्षिक योग्यताको प्रमाण पत्र,
• नाबालक स्वयं उपस्थित हुनुपर्ने,
• फोटो ५ प्रति ।
" " रु. १०।- को
टीकट
" " " "
नाता प्रमाणित • निवेदन,
• स्थानीय तहबाट भएको नाता प्रमाणित सहितको सिफारिश,
• नाता खुल्ने ना.प्र.प.,
• फोटो ३ प्रति ।
" " " " " " " "
शैक्षिक योग्यताको
प्रमाणपत्रमा नाम, थर, उमेर आदि सच्याउन
• निवेदन,
• शैक्षिक संस्था/स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश,
• एस्.ई.ई. वा सो सरहको शैक्षिक योग्यता प्रमाण पत्र र ना.प्र.प.,
• शैक्षिक योग्यताको प्रमाण पत्र पाएको मितिले ६ महिना भित्रै निवेदन दिनुपर्ने,
• फोटो २ प्रति ।
" " " " " " " "
संस्था दर्ता सम्बन्धी • ३ प्रति विधान (शुद्धसँग टाइप भएको हुनुपर्ने),
• तोकिएको ढाँचामा निवेदन,
• संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णय,
• स्थानीय तहको सिफारिश,
• तदर्थ समितिका पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि र १/१, प्रति फोटो सहितको व्यक्तिगत विवरण,
• प्रहरी प्रतिवेदन ।
" " रु. १,०००।- " " " "
संस्था नवीकरण • निवेदन,
• कर क्लियरेन्स पत्र,
• लेखापरीक्षकको प्र.प. सक्कल,
• जि.स.स. को सिफारिश,
• लेखा परीक्षण र वार्षिक प्रगति प्रतिवेदन,
• पदाधिकारीहरुको फोटो सहितको व्यक्तिगत विवरण,
• संस्था दर्ता सक्कल प्रमाण पत्र ।
प्रक्रिया पुगेपछि नियमावलीमा
तोकिए बमोजिम
" " " "
पत्रपत्रिका दर्ता सम्बन्धी • तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो,
• प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय फोटोकपीहरु र संचालकहरुको ना.प्र.प. को फोटोकपी,
• सम्पादकको ना.प्र.प. को फोटोकपी,
• सम्पादकको शैक्षिक योग्यताको (एस्.एल्.सी. देखि स्नाताकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिज्नल सर्टिफिकेटका फोटोकपीहरु वा एस्.एल्.सी. उत्तिर्ण गरी पत्रकारीतामा १० वर्ष कार्य गरेको, सूचना विभागको प्रमाण पत्र समेतका प्रमाणपत्रको फोटोकपीहरु,
• सम्पादकलाई प्रकाशकले नियुक्त गरेको पत्र तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा,
• स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश,
•छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति,
• छापाखानाले कर तिरेको प्रमाणित,
• प्रहरी प्रतिवेदन ।
प्रमाण पुगेपछी
सोही दिन
दैनिक पत्रिका
रु. १,०००।-,
अर्धसाप्ताहिक
पत्रिका रु. ७००।-,
साप्ताहिक पत्रिका
रु. ५००।-, पाक्षिक
पत्रिका रु. ३००।-
तथा मासिक र
अन्य पत्रिका
रु. २००।-
" " " "
१० छापाखाना संचालन
सम्बन्धी
• छापाखाना दर्ता प्रमाण,
• निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र.प. छाँयाप्रति,
• कर सम्बन्धी प्रमाण,
• छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा,
•छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु,
• ५ प्रति फोटोहरु ।
प्रमाण पुगेको
भोलिपल्ट
रु. १,०००।- " " " "
११ एउटै भएको व्यक्ति
प्रमाणित
• निवेदन पत्र र ना.प्र.प.
• विवरण फरक पर्न गएको प्रमाण कागज
• स्थानीय तहको सिफारिश (फोटो टाँस गरेको)
• फोटो २ प्रति
सोही दिन रु. १०।- को
टीकट
" " " "
१२ पारिवारिक पेन्शन
केश प्रमाणित
• निवेदन,
• नाता प्रमाणित,

• ना.प्र.प.को फोटोकपी,
• पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र,
• पति/पत्नी मृत्यु भैसकेकोमा मृत्यु दर्ता प्रमाण पत्र,
• पेन्शन पट्टा, अन्य प्रमाण,
• फोटो २/२ प्रति,
" " रु. १०।- को
टीकट
" " " "
१३ रहल पहल पाउने
सिफारिश
• निवेदन,
• शेषपछि पाउने हकदार भएको प्रमाणित कागजात सहितको स्थानीय तहको सिफारिश,
• धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा,
• मृतक/पेन्शनर र निवेदकबीच नाता प्रमाणित,
• मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी,
• निवेदकको ना.प्र.प. को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी ।
" " रु. १०।- को
टीकट
" " " "
१४ हातहतियार इजाजत • ना.प्र. फोटोकपी र निवेदन,
• स्थानीय तहको सिफारिश,
• प्रहरी प्रतिवेदन,
• चिकित्सकबाट निरोगिताको प्रमाण पत्र ।
प्रमाण पुगेको
भोलिपल्ट
नियमावलीमा
व्यवस्था भए
अनुसार
" " " "
१४.१ हातहतियार नामसारी • निवेदन, ना.प्र.प. फोटोकपी, इजाजत पत्र र दुईबीचको कागजात, प्रहरी प्रतिवेदन । प्रमाण पुगेको
भोलिपल्ट
रु. १०।- को
टीकट
" " " "
१४.२ हातहतियार नवीकरण • सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र । निवेदन परेकै
दिन
नियमावलीमा
व्यवस्था भए
अनुसार
" " " "
१५ शान्ति सुरक्षाको निवेदन • व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । सोही दिन बाट
प्रकृया आरम्भ
रु. १०।- को
टीकट
" " " "
१६ जनसरोकारका गुनासो वा ठाडो उजुरी • व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । सोही दिन " " " " " "
१७ भ्रष्टाचार, अख्तियार
दुरुपयोग सम्बन्धी
निवेदन
• व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । " " " " " " " "
१८ दैवीप्रकोप सम्बन्धी
राहतको लागि निवेदन
• निवेदन,
• स्थानीय तहको सिफारिश,
• प्रहरी प्रतिवेदन,
• नागरिकता प्रमाण पत्रको फोटोकपी ।
" " " " लेखापाल " " १७

कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिवद्धता
-> कार्यालयबाट सेवा प्रवाह गर्दा प्रचलित कानुन, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।
-> सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रिकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
-> कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
-> सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको वोध, भ्रष्टाचार नियन्त्रण सेवा प्रवाहका प्रमुख आधार हुनेछन् ।


पछिल्लो अपडेट गरिएको : 2083-04-07 09:27:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर