2081-06-12
2081-06-12
उच्च सतर्कता अपनाउनु हुन अत्यन्त जरूरी सूचना
(मिति २०८१-०६-१२)
पछिल्लो केही दिनदेखि भइरहेको निरन्तरको भारी वर्षा एवं माथिल्लो क्षेत्रबाट भइरहको पानीको उच्च बहावका कारण इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको । जलविद्युत केन्द्रबाट विद्युत उत्पादनको कार्य शुरू गरिएको र बाँधमाथिबाट पानी ओभरफ्लो समेत भइरहेको भएता पनि जलाशयमा क्षमताभन्दा बढी पानी भरिएको हुँदा बाँधको सुरक्षालाई मध्यनजर गरी आज मिति २०८१ असोज १२ गते विहान ०४:५० बजे बाँधका २ वटा ढोका खोली पानी निकासको कार्य भइरहेको छ । बाँधको सुरक्षार्थ हाल २ वटा ढोकाहरू खोलीएका र जोखिमको आधारमा थप ढोकाहरू समेत खोल्नुपर्ने अवस्था देखिन सक्ने भएको हुँदा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन पुन: अनुरोध गरिन्छ र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ ।
निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढी, पहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्था रहन लगाइएको साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको व्यहोरा सबैमा अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .