2081-01-15
2081-01-15
|
कान्ति राजमार्गमा सवारी साधन सञ्चालन सम्बन्धी सूचना । कान्ति राजमार्ग अन्तर्गत बगुवा देखि तिनपातेसम्मको सडक खण्डमा विभिन्न चेनेज (Chainage) निर्माण तथा रक कटिङ्गको कार्य समयमा नै सम्पन्न गर्नुपर्ने भएकोले मिति २०८१ जेठ १५ गतेसम्मका लागि उक्त सडक खण्डमा विहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म र साँझ ६:०० बजेदेखि विहान ४:०० बजेसम्म सवारी आवत-जावतका लागि उक्त सडक खण्ड खुला गर्ने र अन्य समय निर्माणको काम गर्ने, कान्ति राजमार्ग भएर आवत-जावत गर्ने ६ चक्के वा सो भन्दा बढीका मालवाहक सवारी साधनहरूलाई निर्माण अवधिभर पूर्ण रूपमा रोक लगाउने भनी ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा मिति २०८१ वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय, ललितपुरमा बसेको राजमार्ग तथा सडक यातायात सञ्चालन तथा सहजीकरण बैठकबाट निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारीको लागि अनुरोध गरिन्छ । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .