Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

मकवनापुर जिल्ला हुँदै काठमाण्डौ तर्फ जाने सडकहरुको अवस्था।

2081-03-22

2081-03-22


मिती २०८१।०३।२२ गते परेको अविरल वर्षाको कारण मकवनापुर जिल्ला हुँदै काठमाण्डौ तर्फ जाने निम्न सडक खण्डहरू अवरोध तथा सुचारू रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

अवरोध रहेका सडक खण्डहरू:-

१) कान्तिलोकपथ सडकखण्ड भिमफेदी गा.पा.८ माहादेवटार, ऐ.ऐ. ८ प्रतापडाडा र बकैया गा.पा.१२ को आले र ऐ.११ को सिमात घुम्तीमा पहिरो खसी बाटो पुर्णरुपमा अवरोध ।
२) भिमफेदी गा.पा.४ रातोमाटे, ईन्द्रसरोबर गा.पा.५ माहालक्ष्मीखोला नजिक, मातातिर्थ, चखेल र देउराली जाने बाटो पहिरो खसी बाटो पुर्णरुपमा अवरोध ।

सुचारू रहेका सडक खण्डहरू:-

१) त्रिभुवनराजपथ सडकखण्ड,(पालुङ हुदै जाने) कही कतै अवरोध नभएको ।
२) चित्लाङ चन्द्रागिरी हुदै काठमाण्डौ निस्कने बाटो कही कतै अवरोध नभएको ।
३) ईन्द्रसरोबर गा.पा.२ छेपारे स्थित सिस्नेरी हुदै दक्षिणकालि निस्कने बाटो ऐ.०९:१५ बजे सुचारू भएको । यद्यपि यस बाटोमा पहिरोकाे जोखिम रहेकोले वैकल्पिक बाटोबाट यात्रा गर्नु हुन अनुरोध ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .