Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

मानसिकरूपमा पूर्ण अशक्तलाई घरमै गई नागरिकता प्रदान गरिएको ।

2078-09-11

2078-09-11


DSC_0017.JPG तस्बिर :

जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ९ बस्ने मानसिकरूपमा पूर्ण अशक्त ३२ वर्षिय महिलालाई नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन नसक्ने अवस्था रहेको हुँदा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले मिति २०७८ पुस १० गते शनिबार निजको घरमै पुगी मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती समेतको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नुभयो । नागरिकता विहिनताको कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रमुख जिल्ला अधिकारीले बनाउनु भयो । यसरी घरमै आई मानसिकरूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठूलो राहत महसुस भएको निजको दाइ (संरक्षक)ले खुशी व्यक्त गर्नुभयो ।

पछिल्लो अपडेट गरिएको : 2079-11-28 16:07:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर

Powered By: ProActive Developers