Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

हिरासत मुक्त गरिएको ।

2076-09-07

2076-09-07


राज्य विरुद्धको गतिविधिमा संलग्न रहेको आरोपमा थुनामा रहेका ने.क.पा. (विप्लव समूह) मा आवद्ध जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ७ बस्ने वीर बहादुर घलान (ज्वाला), मनहरी गाउँपालिका वडा नं. २ बस्ने राज कुमार पाख्रीन र थाहा नगरपालिका वडा नं. ८ बस्ने सुरज थिङले मिति २०७६-९-६ बाट ने.क.पा. (विप्लव समूह) परित्याग गरी स्वतन्त्र जीवन यापन गर्ने प्रतिबद्धता जाहेर गरी जिल्ला प्रहरी कार्यालय, मकवानपुर र यस कार्यालयमा प्रचलित ऐन कानूनको पूर्णत: पालना गर्ने गरी कागज गरेकोले निजहरुलाई जनप्रतिनिधिको जिम्मा लगाई जनप्रतिनिधिहरुकै रोहवरमा हिरासत मुक्त गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ । सो कुरा स्थानीय स्तरबाट प्रकाशित हुने साझाकुरा, थाहा सन्देश र हेटौडा सन्देश राष्ट्रिय दैनिक पत्रिकाहरुमा सोमबार ७ पुस, २०७६ मा समेत प्रकाशित भएको ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .