2080-07-22
2080-07-22
तस्बिर :
मिति २०८०-०७-२२ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडा, जिल्ला प्रहरी कार्यालय, मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि सहितको टोलीद्वारा हेटौडा बजार क्षेत्रमा रहेका विभिन्न ५ वटा पसल तथा व्यवसायको अनुगमन गरिएको । अनुगमनका क्रममा अनुज्ञा नभएका र म्याद नाघेका सामग्रीहरू विक्री वितरण गर्ने पसल २ लाई जम्मा रु.६०,०००/-तत्काल जरिवाना गरिएको । साथै, अनुगमनका क्रममा २ पसलबाट जम्मा रु.९५,४०५/- बराबरको म्याद नाघेका सामग्रीहरू नष्ट गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .