Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Makawanpur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Makawanpur

Sunday, Jestha 31, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

District Introduction 2076-05-18

१. जिल्लाको पृष्ठभूमि    

सेन वंशका प्रतापी राजा मणिमुकुन्द सेनले शासन गरेको हुनाले उनै राजाको नामबाट मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर शव्दको अपभ्रंस भई मकवानपुर रहन गएको वा नामाकरण गरिएको भन्ने जनश्रुती प्रचलित छ । मकवानपुर जिल्ला बागमती प्रदेशमा अवस्थित रहेको छ । उतरतर्फ करीब ६६ कि.मी. लामो महाभारत श्रृंखला र दक्षिणतर्फ ९२ कि.मी. लामो चुरे पर्वतको काखमा सानो उपत्यकाको झझल्को दिने खालको छ । यो जिल्लामा शिशिर याममा हिमपात हुने २५ सय ८४ मिटरको उच्च भू-भाग सिमभन्ज्याङ्ग र दक्षिणतर्फ समुद्री सतहदेखि १६६ मिटर उचाईको पूर्वी भागमा रहेको बागमती गाउँपालिकाको राईगाउँ, हात्तीढुङ्गाको भौगोलिक बनावटले यस जिल्लाको बिषम प्राकृतिक विविधताको झझल्को दिन्छ । यो जिल्ला मधेश प्रदेश र बागमती प्रदेश समेतका ९ जिल्लासँग सीमाना जोडिएको छ । २,४२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यो जिल्ला पूर्व साँगुरो हुदै पश्चिमतर्फ बेलुन फुलेझैं फुकेको र नेपाल राज्यको कुल क्षेत्रफलको १.६ प्रतिशत भाग ओगटेको छ । नेपालको पहिलो राजपथ त्रिभुवन राजपथको निर्माणले राजधानीलाई देशको अन्य भू–भागसँग जोड्ने एक मात्र द्वारको रुपमा परिचित यस जिल्लालाई एक समय तराई र पहाड जोड्ने सेतुको रुपमा समेत लिने गरिन्थ्यो । प्रशासकीय दृष्टिकोणले यस जिल्लालाई २ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडा जसलाई औद्योगिक नगरीका रुपमा पनि चिनिन्छ । २०४३ सालमा हेटौंडालाई जिल्ला सदरमुकाम बनाईएको हो । नेपालको सबै भन्दा बढी तामाङ्ग जातिको बसोबास रहेको यस जिल्लामा ब्राह्मण, क्षेत्री, नेवार, मगर पिछडिएका चेपाङ्ग जाति लगायत अन्य जातिको पनि उल्लेखनीय बसोबास रहेको छ । लोपोन्मुख बनकरीया जातिको बासस्थान हाँडीखोला पनि यसै जिल्लामा पर्दछ । 

मकवानपुर जिल्लाको मानचित्र

. मकवानपुर जिल्लाको संक्षिप्त चिनारी

  • प्रदेश                         : बागमती प्रदेश
  • जिल्ला                       : मकवानपुर
  • निर्वाचन क्षेत्र               : २
  • उपमहानगरपालिका    : १
  • नगरपालिका              : १
  • गाउँपालिका              : ८

        सामाजिक आर्थिक स्थिति

  • कुल जनसंख्या: ४,६६,०७३
  1. पुरुष  : २,३३,८१६ (५०.२०%)
  2. महिला: २,३२,२५७ (४९.८०%)
  • घरधुरी संख्या : १,०५,७९२
  • जनसंख्या वृद्धिदर: ०.९९%
  • ग्रामीण जनसंख्या: ४९.३७%
  • शहरी जनसंख्या: ५०.६३%
  • औषत आयु :      वर्ष
  • औषत साक्षरता:  ७७.८२% (पुरुष ८४% र महिला ७१.६३%)
  • वन क्षेत्र:  %
  • कृषि क्षेत्र : %      

      (२०७८ सालको जनगणना तथ्यांक अनुसार )


Last Updated : 2083-02-21 11:09:20

© All Rights Reserved to District Administration Office, Makawanpur .