नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मकवानपुर

  • Free Wifi को व्यवस्था मिलाइएको । २०७५-२-१६

    Free Wifi को व्यवस्था मिलाइएको । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरी यस कार्यालयसँग सम्बन्धित विविध जानकारी र सूचनाहरुकासाथै इन्टरनेट मार्फत उपलब्ध अन्य जानकारीमूलक विषयवस्तुहरुमा सहज पहुँच होस् भन्ने उद्देश्यकासाथ मिति २०७५-०२-०८ गतेदेखि यस कार्यालय परिसरमा Free Wifi को व्यवस्था मिलाइएको छ ।  

  • घुम्ती शिविर संचालन गरिएको । २०७५-१-२४

    घुम्ती शिविर संचालन गरिएको । यस कार्यालयबाट थाहा नगरपालिका र कैलाश गाउँपालिकाको समन्वयमा थाहा नगरपालिकाको सबै वडा र कैलाश गाउँपालिकाको वडा नं. १, २, ५ र ६ लाई लक्षित गरी थाहा नगरपालिकाको पालुङस्थित विकास घरमा मिति २०७५-०१-२१, २२ र २३ गते संचालित घुम्ती शिविरमा जम्मा १२५० वटा नागरिकता वितरण गरिएको, जसमध्ये पुरुष ४७४ र महिला ७७६ रहेको ।

  • घुम्ती शिविर संचालन गर्ने बारेको जरुरी सूचना । २०७५-१-२०

    जिल्ला प्रशासन कार्यालय, मकवानपुरको घुम्ती शिविर संचालन गर्ने बारेको अत्यन्त जरुरी सूचना   जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले यहि मिति २०७५ बैशाख २१, २२ र २३ गते थाहा नगरपालिका र कैलाश गाउँपालिकाको वडा नं. १, २, ५ र ६ लाई लक्षित गरी थाहा नगरपालिका अन्तर्गतको पालुङमा नागरिकता प्रमाण–पत्र वितरण सम्बन्धी घुम्ती शिविर संचालन गर्ने कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैले उल्लेखित सेवाहरुबाट लाभान्वित हुन उक्त दिनहरुमा उपस्थित हुन हार्दिक अनुरोध छ ।  

  • कार्यालयबाट सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण २०७५-१-५

    सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण । २०७४ साउन महिनादेखि चैत्र सम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण । 

  • कार्यालय प्रमुख बैठक सम्पन्न । २०७५-१-५

    आज मिति २०७५-०१-०५ गते प्रमुख जिल्ला अधिकारी श्री चक्र बहादुर बुढाको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालका प्रमुखज्यूहरुको बैठक सम्पन्न भयो ।  

  • स्वेच्छिक अवकाशका लागि दर्ता भएका निवेदकहरुको सूची २०७४-११-२१

    जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा स्वेच्छिक अवकाशका लागि ईच्छुक भई सम्बन्धित कार्यालयको पत्र सहित दर्ता भएका निवेदकहरुको सूची ।

  • शुभकामना । २०७४-६-१०

  • मृतक तथा बेपत्ताहरुको विवरण । २०७४-४-३०

    मृतक तथा बेपत्ताहरुको विवरण ।   यही साउन २७ गतेदेखि परेको अविरल वर्षाका कारण यस मकवानपुर जिल्लाको विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा डुबानमा परी भएको मानवीय क्षतिको विवरण देहाय अनुसार रहेको व्यहोरा सबैमा सूचित गराइन्छ । मृतकहरु :- १) भिमफेदी गा.पा वडा नं. ८ बस्ने मिठु दानी । २) बकैया गा.पा वडा नं. १० बस्ने बर्ष ८ को पल्मा न्यासुर । ३) बकैया गा.पा. वडा नं. १ बस्ने बर्ष ३२ की सुनमाया मुक्तान ।  ४) हे.उ.म.न.पा. वडा नं. १३ बस्ने बर्ष २५ को ज्ञान बहादुर डिम्डुङ । ५) बकैया गा.पा. वडा नं. १ बस्ने वर्ष ५० को मान बहादुर…

  • कार्यालय प्रमुख बैठकको निर्णय । २०७४-४-६

    मिति २०७४-०४-०५ गते श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा बसेको कार्यालय प्रमुख बैठकको निर्णय ।

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न । २०७४-३-३०

    उपभोक्ता हित सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम मिति २०७४-०३-२९ गते मनहरी, मकवानपुरमा सम्पन्न । जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्रमा उपभोक्ता हित सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको अध्यक्षतामा मिति २०७४-०३-२९ मा सम्पन्न गरियो । उक्त कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षज्यूहरु, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयमा प्रतिनिधि, इलाका प्रहरी कार्यालय, मनहरीका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पश्चिम क्षेत्र मनहरी उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला स्थित उपभोक्तावादी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीय व्यावसायीहरु, संचारकर्मीहरु लगायत स्थानीय नागरिकहरुको करिब १००…

  • राहदानी तयार भै आएको । २०७५-३-५

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ४९९६ देखि ५१६१ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • विश्वकप फुटबल, २०१८ सम्बन्धी सूचना । २०७५-२-३१

  • सूचना । २०७५-२-२८

  • राहदानी तयार भै आएको । २०७५-२-२१

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ४६०९ देखि ४९९५ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-२-७

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ४४२३ देखि ४६०८ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

  • राहदानी तयार भै आएको । २०७५-१-२६

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ४१६४ देखि ४४२२ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ । 

  • राहदानी तयार भै आएको । २०७४-१२-३०

    यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ३८६२ देखि ४१६३ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई अाएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।                           

  • हातहतियार बुझाउने सम्बन्धी सूचना । २०७४-७-१२

    हातहतियार बुझाउने सम्बन्धी सूचना ।

  • जिल्ला दैवी प्रकोप उद्धार समिति, मकवानपुरको सूचना २०७४-४-३०

    जिल्ला दैवी प्रकोप उद्धार समिति, मकवानपुरको जरुरी सूचना ।

  • इद पर्व सम्बन्धी सार्वजनिक विदा । २०७४-३-११

    गृह मन्त्रालयको इद पर्व सम्बन्धी सार्वजनिक विदाको सूचना ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय